स्वर्गमाथि छ भन्छन् माथि त निलो आकाश मात्रै छ । भित्रबाट बुझ्ने हो भने नेपाल नै स्वर्ग हो । भगवानले तनक्क तन्केर सुतेझै या आराम गरेझैँ नक्सामा देखिने नेपाल अनि सानो सुन्दर देशका ७५ वटै जिल्लाहरुको आ आफ्नै विशेषता छ । मुगुमा रारा ताल छ, डोल्पामा फोक्सुण्डो ताल, प्यूठानमा स्वर्गद्धारी, ताप्लेजुङमा पाथीभरा फुङफुङे झरना अनि सुर्खेतमा काक्रेविहार देउतीबज्यै बुलबुले ताल, जाजुरा दह, बराह तालका साथै अन्य थुप्रै कुराहरु पनि छन । स्वर्गरुपी बगैँचा दैलेख अरु जिल्ला भन्दा माथि छ त्यसैले स्वर्गमाथि भनिएको होला भन्ने मलाइ लाग्छ । नेपाली भाषा
को शिलालेख छ दैलेखको दुल्लुमाः त्यसैगरी बेलासपुर गढी, पन्चदेवल, डुँगेश्वर धुलेश्वर, पादुका, शिरिस्थान, नाभिस्थान (पानी भित्र र पानी बाहिर निरन्तर बलीरहने ज्वाला भएको ठाउँ), महाभु, द्धारीको बुलबुले झरना र द्धारी खोला झरना, भैरवीको झरना, काश र कुशले बनेको काँसीकाँध, लाकुरीको कुइने ताल र अन्य थुप्रै कुराहरुले सम्बृद्दृध छ दैलेख र दैलेख नै मेरो स्वर्ग हो । मध्यमान्चलको विकास क्षेत्र सुर्खेत र यसैसँग जोडिएको जिल्ला दैलेखमा यस्ता थुप्रै एतिहाँसिक पुरातात्विक र पर्यकीय स्थलहरु भैकन पनि उचित संरक्षण सम्वर्दधन र प्रचार प्रसारका अभावले अत्यन्त महत्पूर्ण धरोहरहरु माँसिदै गइरहेका देखिन्छन् । यो स्वर्गको कसले रक्षा गर्न सक्छ । कसले यसलाई संरक्षण गर्न सक्छ कोक्किएर रुन्छु म अनि धर्तीमाता सँग भन्छु हे मातेश्वरी साथ देउ मलाइ म केही गर्न प्रयासमा छु !!! हा मेरो नेपाल ।।।।। हा मेरो मातृभूमि +++ दैलेख ।
यही काम गर्नका लागि विगत ३ वर्षेखि लगातार सुर्खेत दैलेखतिर लागिरहेँ विभिन्न क्यामरामेनहरुलाइ साथमा लिएर विभिन्न सिजनका दृश्यहरु संकलन गर्न र अहिले मसँग करिब १०० वटा वृत्तचित्र बनाउने सामाग्रिहरु संकलन भइसकेका छन र निरन्तर लागिरहेकी छु एक्लै नितान्त एक्लै !! कोही छैन यसमा मलाइ साथ दिने, आफ्नै घरका परिवारले त साथ दिँदैनन भने अरुको त झनै के कुरा ? सबैले सोच्छन सायद निर्मला पागल हो कि ?? हो म पागल तर देशका लागि अनि मेरो जन्मथलोको विकास कसरी गरुम भनेर पागल झै हिँडेकी छु । तर कुनै प्रेममा असफल भएर होइन । राज्यले पनि यी ठाउँहरुको प्रचार प्रसार गर्न सकेको छैन । स्थानीय वासीहरुले पनि यी ठाउँहरुको महत्व राम्ररी बुझेका छन या छैनन ? जाने बुझेपनि गर्नअसमर्थ छन प्रभावकारी बजेटको अभावमा । सरकारी तवरबाट बजेट छुट्टायाइए पनि कुन्नी कहाँ कहाँ पुग्छ ?? त्यो पनि मलाइ थाहा छैन । म एउटा सानो कर्मचारी ! जाबो सुब्बा ! संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रात दिन काम गरेर देश र जनताको सेवा गरिरहेँकै छु ।
नेपालमा कामको मूल्याँकन गर्ने परिपाटी नै छैन् । हाजिर गरेर टाप कस्ने र घोटिएर काम गर्नको एउटै खबगिभ हुन्छ । सारै दुखी हुन्छु अनि गीत कविता कोरेर मन बुझाउँछु ।। नेपालमा जन्मेकोमा गर्वलाग्छ मलाइ तर देशको अवस्था हेर्दा सारै दुखी हुन्छु । दुखी भएर मात्र त भएन ? अब अरुले के गरे ? किन गरेनन भनेर सोचेर समय खेर फाल्नु भन्दा पनि मैले पनि केही गर्नु पर्छमेरो पवित्र भूमि, तपोभूमि नेपालका लागि, मेरो पनि दायित्व छ यो देशका लागि ! यो धर्तीको ऋण चुक्ता गर्न सक्ने सार्मथ्य त ममा छैन तर अलिकति भए पनि ब्याज मात्र चुकाउन सकिन्छ कि भनेर लागेकी छु, म आफैले किन शुरु नगर्ने त ? केही न केही त गर्नै पर्छ मातृभूमिका लागि !!!
त्यसैले मैले त शुरु गरे दैलेख र सुर्खेतलाइ विश्वभर चिनाउनका लागि वृत्तचित्र बनाएँ र पर्यटन बोर्डमा देखाएँ र अझै राम्रो बनाएर अन्तराष्ट्रिय संचार माध्यममा देखाउने उद्देश्य बोकेर हिँडेकी छु । हेर्दै जाउँ कहाँ कहाँ के के गर्न सकिन्छ, वृत्तचित्र सबैले हेर्न पाउँदैनन भन्ने सोचेर गीत र भजन पनि रेकर्डगरी सकेँ । मेरो पहिलो प्राथमिकता म जन्मेको जिल्ला दैलेख, दोस्रो सुर्खेत, तेस्रो मध्यपश्चिम र समय र स्वास्थ्यले साथ दियो भने पुरै नेपाललाइ विश्वमा चिनाउन लागि पर्ने छु विभिन्न माध्यमबाट । हे पन्चकोशी माता ! यो निरीह चेलीलाइ आशिरवाद दिनु होला । त्यत्तिले मात्र पनि पुगेन मलाइ; पर्यटन व्यवसायी, पत्रकार, साहित्यकार, गितकार, संगितकार, गायक, गायिका र भ्रमणमा रमाउने शुभ चिन्तकहरुलाइ लिएर यी ठाउँहरुलाइ नजिकबाट देखाउन र चिनाउन चाहन्थे आफ्नै बजेटमा ।
तर जो जसलाइ पर्दा मैले सर सापट दिएर सहयोग गरेकी थिएँ उनीहरुले मेरी लक्ष्मीलाइ फिर्ता नदिएर आज भोली भनी झुक्याइरहे झुक्याइ रहेका छन । के गर्ने काटेर मारेर मेरी लक्ष्मी मसँग आउँदिनन ? यस्तो भएपछि मैले सोचेको समयमा उक्त काम सम्पन्न गर्नसकिन र अत्यन्त दुखी हुँदै गएँ । अहिले आएर गाउँ पर्यन प्रवर्दधन मन्चलाइ गुहारेकी छु । उक्त कार्यक्रम पुष १९ देखि २५ सम्म ७ गर्ने सोच बनाएकी छु । अहिले भिटोफ ख्क्ष्त्इँ का अध्यक्ष श्री शिव लामिछाने र डा प्रेम शर्मा लगायतको टोलि दैलेखको प्रत्यक्ष अनुगमनका लागि आउने तयारी अन्तिममा पुगेको छ ।
हेरौँ अब पर्यटन विकासका लागि पर्यटन बोर्डले कतिको सहयोग गर्ने हो दैलेखका लागि ???यदि पर्यटन बोर्डले सहयोग नगरे पनि मेरो बास बेचेर भएपनि म अवश्य यो कार्य गर्ने तयारीमा छु । जय मातृभूमि !!!







